माघ २७ काठमाण्डौ – पुराना कलाकारलाई सम्मान,नयाँलाई प्रोत्साहान’भन्ने मुल नाराका साथ ज्योति फिल्मस प्रा.लिको आयोजनामा यहीँ फागुन १ गते राष्ट्रिय नाच घरबाट सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमका बिच ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न हुँदै छ ।

अवार्ड कार्यक्रममा छ जना चर्चित पत्रकारहरु राजु बोहरा , अरबिन्द्र गौतम , सुमन बैरागि , कृष्ण भट्टराई , सन्तोष दाहाल र शिबराम भण्डारी सम्मानित हुने भएका छन् । ज्योति फिल्मस म्युजिक प्रा.लि को दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गर्न लागिएको हो ।

ज्योति फिल्मस म्युजिक अवार्डको लागि विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधामा टप ५ भित्र परेका श्रष्ठाहरुलाई प्रमाण पत्र वितरण कार्य सम्पन्न गरिसकिएको छ । यहीँ आउदो फागुन १ मा उत्कृष्ठ लाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहने बताइएको छ । अवार्ड कार्यक्रमलाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियो बाट प्रत्यक्ष प्रसारण समेत गरिने कुरा आयोजकबाट जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया