गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण निम्ती बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को ओभरसिज राइट्स खरिद गरेको नेप्सिने कम्पनीले लागी प्रर्दशन राइट्स बिक्री गरेको छ । एक करोड १५ लाखमा ओभरसिज राइटस् खरिद् गरेको यो कम्पनीले अमेरिका ,क्यानाडा ,कोरिया,मध्यपुर्बका देशहरु,र दक्षिणअफ्रिका पछि युरोपको राइट्स बिक्री गरेको हो ।सारा इभेन्ट्स इन्टरटेनमेन्ट र गुरुङ के एन एस इन्टरटेनमेन्टले धुर्मुस सुन्तलीद्वारा निर्मित ‘सेन्टी भाइरस’को युरोप राइट्स किनेको हो । बिहिबार सारा इभेन्ट्स इन्टरटेनमेन्ट र गुरुङ के एन एस इन्टरटेनमेन्टको तर्फबाट क्रमस मेघनाथ ढकाल र किरण गुरुङ तथा नेप्सिने नेपालका व्यवस्थापक दिपेन्द्र कार्की बिच चलचित्रको युरोपमा प्रर्दशन सम्झौता भएको हो । साथै यस चलचित्रको युरोपको बजार प्रबन्धकको जिम्मा सुरज कार्कीले ले लिएका छन ।
अब बहु प्रतिक्षित चलचित्र ‘सेन्टी भाइरस’को मार्चको पहिलो हप्तादेखि युरोपका विभिन्न देशहरुमा प्रदर्शन सुरु हुनेछ । रामबाबु गुरुङको निर्देशन रहेको यो चलचित्रमा सिताराम कट्टेल धुर्मुस , कुन्जना घिमिरे , दयाहाङ राइ , बुद्धि तामाङ , विल्सन बिक्रम राइ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ ।

तपाईको प्रतिक्रिया