Monday, 17th February 2020
17 February 2020

पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

काठमाडौं÷ फागुन २ ।
भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् ।
फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ ।
हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *