राजु बोहरा–काठमाडौँ । गत फाल्गुल १ गते बिहीबारको दिन काठमाण्डौको राष्ट्रिय नाचघरमा प्रथम ज्युती फिल्म्स म्युजिक अवार्ड २०७६ निकै भब्यताको साथमा सम्पन्न भएको छ । उक्त म्युजिक अवार्डमा उत्कृष्ट काँठे लोक दोहोरी गीतबाट बर्ष कै सर्वउत्कृष्ट गायक तर्फ दिपक ढकालले अवार्ड चुम्न सफल भएका छन् । उनले “धान काटेर निन” बोलको गीतबाट अवार्ड हात पार्न सफल भएका हुन् ।
गायक दिपकले बिगत निकै लामो समय यता नेपाली गीत संगीतका अनुरागीहरुका लागि उत्कृष्ट गीतहरु दिंदै आएका छन् । बिशेष गरेर काँठ क्षेत्रको मौलिक संस्कृतिलाई गीतको माध्यमबाट बुनेर अशंख्य श्रोता तथा दर्शक हरु माझ पुर्याउदै आएका दिपकको हो र ए, क्रिसुली ककनी, बुट्टे चोली, दशैं तिहारको रमझम, रानी पौवा त्रिसुली ककनी, हो र ए २ लगाएतका धेरै गीतहरु प्रकाशनमा आइसकेका छन् ।
स्थायी घर नुवाकोट भएका ढकालले अवार्ड हात पारेपछी आयोजकलाई धेरै धेरै धन्याबाद ब्यक्त गर्दै अझै यस क्षेत्रमा समर्पित हुन उर्जा प्रदान गरेकोमा खुसि ब्यक्त गरेका छन् । ब्यवसाहिक रुपमा धरासाही रहेता पनि नेपाली मौलिक गीत संगीतको धरताललाई कहिले कहिले नभुल्ने धरान राख्ने गायक दिपक ढकाललाई थप सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
धान काटेर निन बोलको गेर्त्को म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।