राजु बोहरा–काठमाडौँ । गत फाल्गुल १ गते बिहीबारको दिन काठमाण्डौको राष्ट्रिय नाचघरमा प्रथम ज्योति फिल्म्स म्युजिक अवार्ड २०७६ निकै भब्यताको साथमा सम्पन्न भएको छ । उक्त म्युजिक अवार्डमा “चिसो मैना पुषैको” बाट बर्ष कै सर्वउत्कृष्ट मोडल तर्फ ओ बि रायमाझीले अवार्ड चुम्न सफल भएका छन् । अहिले डिजिटल बजारमा ओ.बि द्वारा अभिनित अशंख्य म्युजिक भिडियोहरु रहेका छन् ।
मोडल ओ.बि ले बिगतका संघर्ष सम्झिन्दै यस समयमा आफ्नो कलाको सहि मुल्यांकन चारैतिरबाट भैरहंदा अत्यन्त खुसि ब्यक्त गरेका छन् ।उनले आफुलाई यो स्थान सम्म पुर्याउनु हुने अशंख्य दर्शकहरुमा धन्यबाद ब्यक्त गरेका छन् । साथै आयोजक ज्योति फिल्म्स म्युजिक अवार्ड २०७६ लाई पनि हृदय देखि नै आभार प्रकट गरेका छन् । ओ.बि ले ज्योति फिल्म्स म्युजिक अवार्ड हात परेपछि अझै थप उत्कृष्ट गीतहरुको म्युजिक भिडियोमा काम गर्न उर्जा मिलेको बताएका छन् ।
प्रतिस्पर्दा रहेको अहिलेको डिजिटल बजारमा जसरी पनि उत्कृष्ट स्वाद दिनै पर्छ । सोहि बिषयलाई ध्यानमा राखेर उनले पछिल्लो पटक निकै मेहनतका साथ् आफ्नो कला प्रस्तुत गरिरहेका छन् । हामी हाम्रो तर्फबाट मोडल ओ,बि रायमाझीलाई अझै थप सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
“चिसो मैना पुषैको” बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।