काठमाण्डौ फाल्गुन ४ –  केही समय अघि चर्चित गायक रामकृष्ण ढकालको श्रीमती र श्रीमान् बिचको बिछोडको कुराले मिडियामा तहल्का पिटेको थियो । हालसालै उनै गायक रामकृष्ण ढकालले स्वरबद्ध गरेको नयाँ गीत “सखी”भर्खरै मात्र सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित संगीतकार बिबि अनुरागीको संगीत तथा एरेञ्ज रहेको छ भने डा. भरती शर्मा रेग्मीको शब्द रचना रहेको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको सो भिडियोमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा डा. सुबास आचार्य र सुस्मीता शर्माको अभिनय हेर्न पाईन्छ । यस गीतलाई साई भिजन प्रा. लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया