राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुको सांगीतिक चाहनालाई ध्यानमा राखेर पछिल्लो समय कलाकारहरु निकै मेहनतका साथ् आफ्ना सांगीतिक प्रस्तुतिहरु बजारमा ल्याइरहेका छन् । यसरी बजारमा ल्याईएका गीतहरुमा पनि कसरी हुन्छ उत्कृष्टता दिने हरेक कलाकारहरुले गर्नु पर्ने आजको आवस्यकता छ । किन कि अहिलेको समयमा गीत संगीतका अनुरागीहरु पनि गीत संगीतलाई नापलौल गर्न सक्ने भैसकेका छन् ।

यसैलाई ध्यानमा राखेर स्वर शब्द र संगीतको पक्ष सबै बलियो बनाउदै गीतकार तथा गायक राज लिम्बुले फेरी अर्को निकै मनछुने गीत बजारमा ल्याएका छन् । उक्त गीत “म पागल” बोलको रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियो भने अहिले निर्माण भएको छैन । निकट भबिस्यमा नै यस गीतलाई म्युजिक भिडियोको स्वरुपमा बजारमा ल्याइने कुरा जानकारी प्राप्त भएको छ । प्रस्तुत गीतमा राज लिम्बु कै स्वर शब्द तथा संगीत रहेको छ हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

यस गीतको अडियो सुन्नको लागि तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया