काठमाडौँ — अभिनेता राजेश हमालले चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आफ्नो इच्छा नभएको बताएका छन् । पछिल्लो समय उनले बोर्ड अध्यक्षका लागि दौडधुप गरिरहेको भन्ने चर्चा निकै चलेकाे थियाे ।

आइतबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उनले बोर्डका सदस्यमध्येबाट कोही अध्यक्ष हुनुपर्ने तर्क गरे।
‘बाहिर जेसुकै हल्ला चले पनि बोर्डमा जान्छु भन्ने इच्छा मैले व्यक्त गरेको छैन। तर विकास बोर्डमा कुनै पदमा नरहे पनि फिल्मका गतिविधि, विकासक्रमबाट अछुत भएर बस्न भने सक्दिनँ,’ उनले भने, ‘केशव भट्टराईको वरपरि बसेर काम गर्नुहुनेमध्ये कसैले अध्यक्षता गर्नुभए हुन्छ । अधुरा कामहरु उहाँका नजिकमा बसेर काम गर्नेहरुलाई मात्र थाह हुन्छ। जो सदस्यहरु छन् ती अध्यक्ष बन्नलायकका व्यक्तिहरु छन्।’

तत्कालीन बाेर्ड अध्यक्ष केशवभट्टराईकाे निधनपछि चलचित्र विकास बाेर्डकाे अध्यक्ष पद खाली छ।

तपाईको प्रतिक्रिया