काठमाडौं, एबी इन्टरनेशनलले नयाँ सिनेमा घोषणा गरेको छ । सत्य कथामा आधारित ‘वोर्न टू डान्स’ नामक चलचित्र निर्माण घोषणा गरेको छ। नेपाली सिनेमा क्षेत्रमा फरक प्रयोग र उत्कृष्ट सिनेमा बनाउने कम्पनीको रूपमा पर्चित एबी इन्टरनेशनल जस्ले बलिउड अभिनेत्री शनि लियोन लाई राखेर पासवर्ड नामक चलचित्र निर्माण गरिसकेको छ साथै इन्टरनेशनल कै बैनरमा अहिले हिन्दी चलचित्र लैला मन्जु पनि छायांकनको क्रममा रहेको छ ।

पुजा शर्मा,आकाश अधिकारी,सोनम तोपदेनको मुख्यमा निर्माण सम्पन्न भैसकेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी बर्षको भदौ ५ गते रिलिजको तयारीमा रहेको छ।

निर्माण घोषणा गरिएको चलचित्र ‘वोर्न टू डान्स’को निर्देशन अमन तामाङले गर्ने छन् भने अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ । यो चलचित्र एबी इन्टरनेशनलको ड्रिम प्रोजेक्टको रुपमा रहेको र चलचित्रको लागि कलाकार छनौट कार्य जारी रहेको र छिटै टुंगो लाग्ने निर्माण कम्पनीले जनाएको छ। चलचित्रको छायांकन नेपाल बेलायत र अमेरिकामा गरिनेछ । चलचित्र लाई २०७७ मै रिलिज गरिने छ ।

तपाईको प्रतिक्रिया