काडमाडौं फाल्गुन ०६ । गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘माया विरानी’ सार्वजनिक भएको छ । माया विरानीलाई बाबुल गिरीको शब्द, संगीत र संगीत संयोजन रहेको छ । गीतको मिक्सिङ भने एचबीएन किस्मतले गरेका हुन् । उक्त गीतलाई गायिका पुरीले अनप्लग भिडियोसमेत सार्वजनिक गरेकी छन् । माया विरानीले आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । भिडियोलाई तृप्ती खड्काले निर्देशन गरेकी छन् भने तपेश जोनको छायाँकन र सम्पादन रहेको छ ।

गायिका लक्ष्मी पुरी प्रधानको दर्जनौं गीतहरु बजारमा आइसकेका छन् । केही समय पहिला मात्र बजारमा आएको गीत ‘सिठ्ठी बजाउँछन्’ लाई धेरैले मन पराइदिएका थिए । धेरै अवार्डमा उत्कृष्ट पाँचभित्र पनि पर्न सफल भएको पप गीत सिठ्ठी बजाउँछन्ले उनलाई अझै उचाइमा पु¥याइदिएको थियो । त्यस गीतसँगै ‘माया विरानी’ले पनि उनलाई थप उचाइ मिल्ने गायिका पुरी बताउँछिन् । गायिका गिरीका सोह्र वर्षे जोवन, धन हुनेलाई मन नहुने, आमाले दिएको दर, हे मेरा पति, धेरै भयो दाउरा घाँस, स्वर्गसरी मेरो माइतीघर, माइतीको आँगन लगायतका दर्जनौं तिज गीत बजारमा रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया