विराटनगर, १४ फागुन । फिल्म ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् ।

निर्माता तथा अभिनेता भुवन केसी र ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेबीचको लामो छलफलपछि अनमोललाई फिल्ममा अनुबन्धित गरिएको हो ।

मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ ।

भुवन केसी निर्माता रहने फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुने पक्का भएको छ ।

दीप भारद्वाजको कथामा फिल्म बन्ने भएको छ ।

अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन सकेपछि वैशाखको दोश्रो हप्ताबाट ‘पारस’ को छायांकनमा लाग्ने छन् ।

नायिकाको विषयमा हामी केही दिनमै खबर सार्वजनिक गर्ने निर्माताबाट निर्देशक बन्न लागेको माधव वाग्लेले बताए ।

अनमोल र भूवन दुवैले चलचित्र ‘पारस’को स्क्रिप्ट मन परेका कारण फिल्म गर्न राजी भएका थिए ।

यी दुवै ‘पारस’मा ब्यस्त हुने भएका कारण ‘एन्टी हिरो’ अब ‘पारस’ पछि मात्र बन्नेछ ।

‘एन्टी हिरो’मा अनुबन्धित भएकी अभिनेत्री जसिता गुरुङले ‘पारस’ मा काम हल्ला चलेपनि उक्त विषयमा निर्माणटिमले केही पनि बताएको छैन ।

तपाईको प्रतिक्रिया