काठमाडौँ- यति बेला हलमा दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ प्रदर्शन भइरहेको छ । फिल्मलाइए अत्यन्तै मन पराइएको छ । फिल्मले एक साथमा दुई करोड बढी को व्यापार गरेको छ । सरल कथा बस्तु र हरेकको जीवनमा मेल खाने प्रसङ्ग चलचित्रमा भएकाले पनि चलचित्रलाई दर्शकले दर्शकले निकै रुचाइरहेका छन् । फिल्म हेरेपनि नरुने सायदै होलान । यसै बिच यो फिल्म हेरपछि नायिका ऋचा शर्मा पनि सम्हालिन सकिनन् ।
केही समय अघि मात्र आमा गुमाएकी उनले केही बोल्नै सकिनन् । चलचित्र हेर्न सञ्चार कर्मी रवि लामिछाने श्रीमतीका साथमा पुगेका थिए ।उनले आफूलाई चलचित्र निकै मन परेको बताएका छन् । उनले चलचित्र हेरुन्जेल आफ्नी आमालाई धेरै पटक सम्झिएको बताए ।
चलचित्रले आफूलाई विगतमा पुर्याएको पनि उनले सम्झिए । चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् भने उनीहरूका साथमा सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यसमा कथा र छायाङ्कन पनि निर्देशक खनाल कै रहेको छ ।










