काठमाडौ । गायक तथा संगीतकार अनिल बिरहीको नयाँ गीत बजारमा आएको छ । उनको स्वरमा सजिएको टिपिकल नेपाली लोकलयमा ब्याङ्ग्यात्मक गीत ‘टेनसम भो मलाई ,जाँडको छोक्रा छान ’ बोलको गीत बजारमा आएको हो । घरकी बुढीलाई रिस उडेको बेला जाँड छान्न लगाउने र नछाने रिसको झोकमा बुढीकै कान टोन्ने कुरा गीतले गरेको छ ।

अनिल विरही कै शब्द संगीतमा तयार भएको गीतलाई कुनै समय तितो सत्यमा भैसीको कमस भने चर्चामा आएका केशव सापकोटाले अभिनय गरेका छन् ।  उनका अलवा ममता बराल , सविता खड्का , राज घतानी ,सुजन सापकोटा कुमार गदाल सागर गिरीले अभिनय गरेका छन् । यस गीतमा उनीहरुलाई एकदमै सुहाएको देखिन्छ । आधा दशक अगाडी रेकर्ड भएको गीतलाई समय अनुकुल बनाएर बजारमा ल्याएको गायक अनिलको भनाई छ । उनले भने , गीत सार्वनिक गर्न पनि समय आउनुपर्दो रहेछ । तर धेरै समय पछि राम्रो गीत बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए ।

गीतलाई कुन्दन राईले एरेन्ज गरेका हुन भने म्युजिक भिडियोलाई केशव सापकोटाले नै निर्देशन गरेका छन् । यस गीतको भिडियोलाई वाइ पि घिमिरेको छायाँङ्कन र सम्पादन गरेका छन् । काठमाडौ आसपासमा नै छायाँङ्न गरिएको गीतलाई बुढासुब्वा म्युजिकले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया