राजु बोहरा–काठमाडौँ । गायक गोपाल काफ्लेको पहिलो सांगीतिक कोसेली भर्खरै बजारमा आएको छ । “बनैमा उडेकी चरी” नामको साथमा बजारमा आएको उक्त गीतमा स्वर मेलिना राई र गोपाल काफ्लेको सुन्न सकिन्छ । श्रोता तथा दर्शकहरुको सांगीतिक स्वादको चाहनालाई ध्यानमा राखेर तयार पारिएको गीतलाई लय गोपाल काफ्लेले नै भरेका हुन् भने शब्द संजोक भुसालको रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण भान्जाले गरेका हुन् ।

गोर्खा चौतारी म्युजिक प्रालिले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको “बनैमा उडेकी चरी” बोलको गीतको म्युजिक भिडियोमा अनु शाह र नरेश सिङ्गको अभिनय देख्न सकिन्छ । भिडियोलाई बिरेन्द्र भाटले छायांकन गरेका हुन् भने रबिन बिकको सम्पादन तथा निरज फिल्म्सले निर्माण गरेको भिडियोलाई अशोक बिकले निर्देशन गरेका छन्।

पर्वत जिल्ला घर भै केहि वर्ष देखि काठमाण्डौ बस्दै आएका गायक काफ्ले, नेपाली गीत संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढ्ने कोसिसमा रहेका छन् । आफ्नो पहिलो सांगीतिक प्रस्तुतिलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु भएको खण्डमा आगामी दिनहरुमा अझै थप उत्कृष्ट गीतहरु बजारमा ल्याउने कुरा उनले जानकारी गराएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया