राजु बोहरा–काठमाडौँ । गत सनिबार सम्पन्न अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड कार्यक्रममा भर्खरै मात्र सांगीतिक क्षेत्रमा प्रवेस गरेकी पोखराकी गायिका रुकमाया ओडालाई नव गायिकाको अवर्ड प्रदान गरिएको छ । सृजनाको मुल्याङ्कन श्रष्टाको सम्मान, नेपाली सङ्गीतको प्रबर्धन हाम्रो अभियान भन्ने मुल नारा का साथ सम्पन्न उक्त अवार्ड कार्यक्रममा गायक गम बहादुर नेउपाने सङ्ग मिसिएको स्वर “ओइ सानु ” बोलको गीतबाट रुकमाया ले अवार्ड उचालेकी हुन् ।

अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट शब्द रचना तर्फ लोकप्रिय सर्जक गीतकार गणेश चौलागाईले पनि अवार्ड हात पार्न सफल भएका थिए । अवार्ड हात पारेपछि सर्जक गणेशले आफुलाई यो स्थान सम्म पुर्याउनु हुने अशंख्य दर्शक तथा श्रोताहरुलाई धन्याबाद ब्यक्त गरेका छन् । उक्त अवार्ड कार्यक्रमका सभापती सबिन घिसिङ र प्रमुख अतिथी सांसद बहादुर सिंह लामा हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया