काठमाडौं । अमेरिकाको रियालिटी शो ‘अमेरिकन आइडल’को पहिलो राउण्डमा नै जजको मन जितेका नेपाली युवा गायक दिवेश पोखरेलको दोस्रो राउण्ड पनि जजले खुबै रुचाएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै पहिलो राउण्डमा विश्वभर चर्चा कमाएका दिवेसले दोस्रो राउण्डका लागी दिएको प्रस्तुती पनि जज र दर्शकले खुबै रुचाएका छन् ।

नमस्ते गर्दै दोस्रो राउण्डमा प्रवेश गर्दा उनकी दिदी रुपा र दर्शकहरुले उनको प्रस्तुतीमा उठेर नाच्न थालेपछि जजहरुले पनि उठेर सम्मान दिएका थिए । दिवेशले दोस्रो राउण्डमा झनै राम्रो गाएको भन्दै अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेका छन् ।

स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ बोलको गीत दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डलका तीनै सदस्य उठेर ताली बजाएका हुन्।उनको स्वरबाट अत्यन्तै प्रभावित भएर निर्णायक मण्डलका जज ल्युक ब्रायनले त दिवेशसँगै गाएका पनि थिए। दिवेशको गायनले रियालिटी सोका दर्शकसमेत अत्यन्त उत्साहित भएका थिए।

निर्णायक मण्डलका तीनै सदस्यले दिवेशलाई दोहोर्‍याउन गाउन लगाएका थिए। प्रस्तुतिपछि दिवेशले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेको प्रतिक्रिया दिए। उनले भने, ‘निर्णायकहरु उभिनुभएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो। यो निकै अद्भूत क्षण हो।’ दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=-k_2lLFhbWE&feature=emb_title

तपाईको प्रतिक्रिया