काठमाडौं चैत्र ०५ । रुमाल झोलामा लिएर हिंड्ने गरेका बीरबल ढकाल र कमला पोखरेल कहिले बुझाउने हो भन्नेमा द्विविधामा छन् । गायक बीरबल ढकाल एकातिर मायाको चिनो भन्दै हिंडेका छन् भने अर्कातिर गायिका कमला पोखरेल । अब कहिले दिने हुन्, कहिले भेट्ने हुन् यो समय भने कुर्नै पर्ला । संगीतको भावमा बुनिएको माथि उल्लेखित कथा, गायक बीरबल ढकालको पछिल्लो गीत ‘रुमाल झोलामा’ आजबाट बजारमा आएको छ ।

गीतलाई काजीबाबु अर्यालको शब्दमा गायक ढकालले नै लय भरेका छन् । गीतको संगीत संयोजन विश्वास नेपालले गरेका छन् । पछिल्लो समय आशा लिएको गीतका रुपमा गायक ढकालले यो गीतलाई हेरेका छन् । दुई दर्जनभन्दा बढी गीतमा स्वर दिएका गायक ढकालले आफ्नोपनलाई कहिल्यै पनि छाडेका छैन । गोरखाको उत्तरी भेग मान्वुका गायक ढकालले आफ्नो माटो सुहाउँदो सिर्जनामा सदैव क्रियाशील भएर लागेका छन् ।

यसभन्दा अघिका गीतहरु बासिसक्यो भाले, फुल्यो धयरी, माया लेकाली, जन्मभूमि, झ्यालको पर्दाले, गोर्खा मान्वु गाउँ, म त हजुर लगायतका गीतहरु उनलाई चिनाउने गीत बनेका छन् । तर ‘रुमाल झोलामा’ गीतले गायक ढकालले अझै स्रोताहरुको मन जित्ने विश्वास लिएका छन् । गायक वीरबल ढकाललाई गीतमा राजेन्द्र बाजुराली, खेम सेन्चुरी, स्मृति तिमिल्सिना गुरुआमा, पुष्पा बोहराले सहगायनमा साथ दिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया