गणेश चौलागाई,काठमाडौं । गायक यम बरालको स्वरमा नयाँ गजल गीत ‘हलचल जिन्दगी’मा सार्वजनिक भएको छ । पुष्कर बरालको शब्द रहेको गीतमा गायक स्वयम्ले संगीत भरेका हुन् । संगीत संयोजन फनिन्द्र राईको रहेको छ । ओएसआर डिजीटलको युट्युब च्यानलबाट यो गीत बजारमा आएको हो । बिक्की पुलामी मगरले निर्देशन गरेको यो भिडियो भने प्रज्वल पन्तले खिचेका हुन ।

यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन झर्छ आसु यहाँ पल-पल जिन्दगीमा…

माया प्रेम, बिछोड, पिडा र मनका बहहरुलाई पुष्करले मार्मिक तरिकाले शब्दमा बुनेका छन् । यस अघि गायक एम बरालको स्वरमा बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता दर्जनौ गीतले दर्शक श्रोताको मन जितेका छन् ।ताप्लेजुङको दोखुमा जन्मिएका लेखक पुष्कर बराल अमेरीकामा रहेर पनि गीत, गजल सहितका साहित्यमा डेढ दशक देखी निरन्तर क्रीयाशिल छन् । उक्त गीतको म्युजिक भिडियोमा गीतकार पुष्कर बराल सँगै कृष थापा,पृन्सा र मोडल एबं नायिका केकी अधिकारी देखिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया