Thursday, 28th May 2020
28 May 2020

गायिका जमुना आचार्यको आवाजमा ”ए कान्छा ” भिडियो सहित ।

काठमान्डाँै ।
नेपाली लोकदोहोरी गीत संगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ”ए कान्छा ” गीतको भिडियो युटुवमा सार्वजनिक भए सगँै चर्चाको शिखरमा रहेको छ । मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन । मायालु प्रेमी प्रेमीकाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जिवन भोगाईलाई गीतमा समेटिएको छ । प्रतिक बहादुर श्रेष्ठको छायाँकन , दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ । ”ए कान्छा ” गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।
”ए कान्छा ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *