काठमाडौं । लकडाउनको घोषणा पछि कलाकारहरु घरमा नै व्यस्त रहेका छन् । यहि मौका अभिनेता राजेश हमाल एक सातादेखि घरमा नै छन्। घरमै रहेका हमालले कहिले गीत गाउने कहिले भिडियो बनाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर रमाइरहेका छन् । उनी घरमा बसेर गाएको भिडियो कहिले नृत्य गरेको भिडियो पोस्ट गर्दै दर्शकलाई मनोरञ्जन गराइरहेका छन्।

राजेशले हमाले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका थिए । उनले क्याप्सनमा ‘तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल।’ भन्दे लेखेर भिडियोमा उनी श्रीमती मधु भट्टराईसँग राजेश हमाल नाचेका छन् ।

तपाईको प्रतिक्रिया