काठमाण्डौ बैशाख ७ – साथीभाई डिजिटल म्यूजिक प्रा लि बाट बजारमा ल्याईएको रामु बिरहीको कोरोना सम्बन्धि ठट्यौली सन्देश मुलक गीत “हामी सोझा जनता देखि भागोस कोरोना” यतिखेरको समयमा टिकटमा भाईरल हुन सफल भएको छ । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त परिरहेको यो अवस्था र यसैको संक्रमणबाट बच्नका लागि नेपाल सरकारले जारि गरेको लक डाउनको समय सदुपयोग गर्नका लागि पनि हुन सक्छ यस गीतले त्यति धेरै दर्शकहरुको माया प्राप्त गरेको । त्यसो त कलाकार रामु बिरही यस गीतबाट मात्र होइन अन्य धेरै गीत र हास्य विधाबाट पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन मष्तिस्कमा बस्न सफल बनिसकेका छन् । प्रस्तुत गिर्ले टिकटकमा मात्र होइन युट्युबमा पनि उत्तिकै सफलता प्राप्त गरिसकेको छ ।

गीतमा केहि बिबादित तर्क राखिएकोले टिका टिप्पणी आएता पनि गायक तथा रामु बिरहीले फुलको आँखामा फुलै संसार भन्ने किसिमको प्रतिउत्तर दिएका छन् । गीतमा रामु बिरहीको नै लय शब्द स्वर र अभिनय्मा रहेको छ । गित रेकर्डिङ्ग गर्दा कै दिनदेखि गित बजारमा ल्याईस भने राम्रो हुने छैन भन्दै कल आएको कुरा पनि बिरहीले बताएका छन् । तर गित त्यति धेरै आपत्तिजन छैन बजार ल्याउनु पर्छ भन्ने धेरै दर्शक श्रोतहरुको साथ सपोर्टले गर्दा पनि बजारमा ल्याएको बताएका छन् । गीतमा भ्रष्टाचारी नेताहरुलाई लगोस कोरोना भनिएको र त्यसै कारणले बिबादमा तानिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया