राजु बोहरा–काठमाडौँ । पछिल्लो केहि महिना यता कोरोना भाइरसको कारण विश्व आक्रान्त भैरहेको छ । यसबाट बच्नका लागि नेपालमा पनि लकडाउन जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण बाट बच्नका लागि लकडाउन अत्यावस्यक भएता पनि यसैको कारण जनजीबन निकै कष्टकर पनि बन्दै गैरहेको छ । यो समयमा हामीले बिभिन्न खबर मार्फत देख्दै र सुन्दै आइरको कुरा राज्यले उपलब्ध गराएको राहत सम्बन्धित बर्गको मा नपुगेको र यो मात्र नभै बिभिन्न भ्रष्टाचारका खबर पनि आइरहेका छन् ।

यसै अवस्थामा घर त मेरो रामेछाप जिल्ला, कलियुगकि केटि चन्चले नानि लगाएतका गीतहरुबाट अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीको “जे गरनी चल्यो” बोल गीतले पुनः बजार पिट्न थालेको छ । यस गीतको भाव अनुसार नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।

प्रस्तुत गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् । हामी गायक तथा सर्जक रामकुमार कार्कीको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया