काठमान्डौ बैशाख ०७ – कोरोना भाईरस (कोभिट १९) को संक्रमितहरु नेपालमा दिनानुदिन बढ्दै गईरहेका छन् । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारणले अहिले नेपाल लकडाउनमय भएको छ । लकडाउनले गर्दा कसैले पनि काम गर्न पाएका छैनन् । त्यसैलेपनि नेपालमा भोकमरी आउला जस्तो समस्या छ ।

यस्तो महाबिपत्तीमा नेपाल सरकारले राहत बितरण गरेको भएतापनि कुनै ठाँउमा कुहिएको चामल, कुहिएको नुन कुहिएको दाल बाड्ने गरेको छ । राहतमा कुनै पार्दशिता देखिएको छैन । राहत पाउनु पर्ने ब्यक्तिले राहत नपाएर अर्के ब्यक्तिले राहत पाएका छन् ।

दैनिक ज्याला मजदुरी गरेर आफ्नो जिबिकोपार्जन गर्ने ब्यक्तिहरु अहिले मारमा परेका छन् । यस्तो बेला नेपाल सरकारको राहत बितरणले कुनै औचित्य नभएपछि नेपालका बिभिन्न संघ, संस्था र समाजसेबी ब्यक्तित्वहरुले राहत बितरण गरिरहेका छन् । लकडाउनको बेला भोकमरीमा परेका, घर जान नपाई काठमाडौंमा बसेका कलाकारहरुलाई लक्षित गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव सुवास केसी र ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको संयोजनमा राहत बितरण कार्यक्रम भईरहेको छ ।

यती बेला संकटको घडीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र ईन्देणी कार्यक्रमले मर्कामा परेका धेरै कलाकारहरुलाई मलम लगाउने कोसिस गरेको छ । कलाकारिता गर्दै काठमाडौंलाई कर्मथलो बनाउने र कलाकारिताबाटै आर्थिक उपार्जन गर्ने ब्यक्तीहरुलाई बिशेष प्राथमिकतामा राखेको कुरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।

फेसबुकमा रगत बगेको फोटो राख्ने चित्र अविरललाई बैशाख ५ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव सुवास केसी र ईन्द्रणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको समुह पुगेर नगद सहित राहत सहयोग गरेको छ भने सोही दिन दुई दर्जन कलाकारलाई राहत बितरण गरेको छ । राहत बितरण कार्यक्रम अझै जारी रहेको कुरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव सुवास केसीले जानकारी गराएका छन् । साथै राहत बितरण कार्यमा कसैको पनि फोटो नखिच्ने र राहत मात्र बितरण गर्ने नियम रहेको कुरा सुबास केसी बताएका छन् ।

तपाईको प्रतिक्रिया