अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले लकडाउनका कारण खाद्यान्नको अभावमा गुज्रिरहेका मजदजुरहरुलाई व्यक्तिगतरुपमा सहयोग गर्न थालेकी छिन्। करिश्माले केही दिनयता गोदावरीस्थित आप्mनो निवास आसपासका मजदुरहरुलाई सहयोग गरेकी हुन्।

करिश्माले फेसबुकमा स्ट्याटस लेख्दै आप्mनो छिमेकमा डेरा गरी बस्ने काठमाडौंबाहिरका मानिसलाई खाद्यान्नको समस्या भए सम्पर्क गर्न अनुरोध गरेकी थिइन्। उनको स्ट्याटस बाहिरिएसँगै दर्जनौं मजदुरहरु सहयोगका लागि उनको गोदावरीको टौखेलस्थित गोदावरी भिलेज स्टुडियो (मानन्धर निवास) या नजिकैको बाउचाको ग्रोसरीमा सम्पर्क गर्न अनुरोध गरेकी थिइन्।

सोहीअनुसार सम्पर्कमा आएका खाद्यान्न अभाव व्यहोरिरहेकाहरुलाई करिश्माले आप्नै निवास कम्पाउन्डबाट खाद्यान्न सहयोग गरेकी हुन्। उनले नजिकैको टोलदेखि सातदोबाटोसम्म बाट राहत लिन आउनेहरुलाई आप्नो निवास नजिकैको बाउचा ग्रोसरीबाट चामल, दाल, तेल, नुन, आलु, साबुन, कुखराको अण्डालगायतका खाद्य सामग्री खरिद गरी खाद्यान्न सहयोग गरेकी हुन्। करिश्माले आप्mनो निवासनजिकै टेन्टमा बसिरहेका लकडाउन पीडितहरुलाई पनि सोही स्थलमा गएर खाद्यान्न सहयोग गरेकी छिन्। करिश्माको आह्वानमा राहतका लागि शुरुमा थोरै मानिस सम्पर्कमा आए पनि हाल सहयोगको आशामा उनको निवासमा पुग्नेहरुको संख्या बाक्लो हुन थालेको छ।

‘दैनिक काम गरेर गुजारा चलाउनु हुने कामविहीन र उपत्यकाबाहिरका केही दाजुभाइ, दिदीबहिनीलाई केही सहयोग गर्ने प्रयास गरिरहेको थिएँ। उहाँहरु आउने क्रम अलि बाक्लिएपछि सोचेँ स्थानीय सरकारको संयन्त्रलाई जानकारी गर्नुपर्छ। विनोदजीले वडा अध्यक्षलाई फोनबाट जानकारी दिनुभयो, उहाँको सुझाव पनि लिनु भयो। अध्यक्षज्यूले बाँड्नुस कुनै आपत्ति भएन। तर सरकारबाट राहत वितरण भइसकेकोले दोहोरो पर्ला, लिस्ट बनाउनु होला भन्नुभयो।

उहाँलेसरकारको प्रतिनिधि राखेर राहत वितरण गर्नु राम्रो हुने सुझाव पनि दिनुभयो। एकद्वार प्रणालीको पालना गरुँभन्नुभयो’ करिश्माको भनाइ छ उहाँको कुरा पनि ठीक हो। यस्तो कार्य जनताको अमूल्य भोटले बनेको सरकारले नै गर्ने हो।गरिरहेको पनि छ। तर यो संक्रमणसंग बच्न लकडाउन कडाइका साथ पालना गर्न जरुरी छ। भोको पेटका कारण मानिसहरु घर जान लामो दुरी पार गर्ने क्रममा बाटो भरी छन्। अस्वस्थ्य जीवन बिताइरहेका छन्, उनीहरुलाई घरभित्र बस्न पुग्ने गाँसको व्यवस्था गरिदिनुपर्छ।’

करिश्माको भनाइ छ ‘वडा अध्यक्षज्यूलाई म के पनि जानकारी गराउन चाहन्छु भने हामीले राहत वितरण कुनै ठूलो पैमानामा गरेको होइनौँ। हामीले त वडाको लिस्टमा नभएका मजदुर, जो यहाँ अड्किनु भएको छ, उहाँहरुलाई सहयोग गरेका हौँ। उहाँहरु वडाको लिस्टबाटवञ्चित हुनुहुन्छ भनेर कसरी थाहा भयो भने मेरो घरका स्टाफहरु कोही नेपालगन्जको हुनुहुन्छ, कोही नारायणघाटको र कोही अन्य ठाउँको हुनुहुन्छ।

ल ठिक छ उहाँहरु त डेलि बेसमा काम गर्नुहुन्न, राहत चाहिँदैन, तर के वडाको राहत लिस्टमा उहाँहरुको नाम छ त?’ उदाहरणसहित करिश्माको स्वाभाविक प्रश्न छ ‘मेरा नातेदारहरु यही ३ वडामा डेरामा बस्नुहुन्छ। उहाँहरुलाई पनि राहत चाहिँदैन। तर के वडाको लिस्टमा उहाँहरुको नाम छ त? के फरक पर्छ त यदि डबल राहत नै परे पनि?पाँच किलो बढी चामल नेपालीकै पेटमा पर्छ। हामी स्थानीय बासिन्दाको त छिमेकीसँग सरसापटी चल्छहोला,यो अवस्थामा ती डेरावाल मजदुरको चुलो दिनहुँ कसरीबल्छ होला?’

करिश्माको भनाइ छ ‘राहत दिने बेलामाजनप्रतिनिधि पनि बोलाउनु हुन्थ्यो। तर कोही बिहान आउनु हुन्छ, कोही बेलुकी। कति जनप्रतिनिधिलाई दुःख दिऊँ? एउटा नेपालीको द्वारबाट अर्को नेपालीको द्वार पुगेकोले एकद्वार नै सोचिदिनु होला।’

तपाईको प्रतिक्रिया