फुटबल इतिहासकै उत्कृष्ट डिफेण्डहरु मध्ये एक हुन् पाउलो माल्दिनी । आफ्नो खेल करियरमा उनले एउटै क्लबाट मात्र खेले । इटालियन क्लब एसी मिलानबाट खेल्दा उनले सिरी ए देखि च्याम्पियन्स लिग सम्म जिते ।

उनलाई फुटबलकै मोस्ट डेकोरेटेट प्लेअर मानिन्छ ।

यी इटालियन खेलाडीले आफ्नो ट्रफी क्यिनेटमा २५ ट्रफी जम्मा पारेका छन् । उनले ७ सिरी ए र ५ युरोपियन च्याम्पियन लिग उपाधि जिते । अरु १३ उपाधिसमेत जिते ।

तर उनी आफूले आफैलाई फुटबल इतिहासमै ठूलो लजुर मानेका छन् ।

आइ एम बिगेस्ट लुजर इन हिस्टोरी क्रिस्टियन भिएरीसंगको इन्स्टाग्राममा लाइभमा माल्दिनीले भने ।

माल्दिनीले यसलाई प्रष्ट समे पारेका छन् । ‘मैले ३ च्याम्पियन्स लिग फाइनल हारेँ । युरोपियन सुपर कप हारे विश्वकप फाइनल हारेँ युरोपियन च्याम्पियनसिप फाइनल हारेँ विश्वकप सेमिफाइनल हारेँ र म जान सक्छु ।’

‘मैले धेरै जिते त्यसमा म भाग्यमानी भएँ र मैले यी फाइनल हारहरुलाई खेलको भागको रुपमा हेरेको छु । म सबै कुरा इमान्दार साथ स्वीकार गर्छु ।’ ५१ वर्षी पूरव इटालियन डिफेण्डरले भने ।

माल्दिनी इटली र एसी मिलानका पूर्वप्रशिक्षक सेजार माल्दिनीका छोरा हुन् भने डानिएल मादिनीका बुबा हुन् । माल्दिनीका ३ पुस्ता नै फुटबलमा लागेका हुन् ।

पाउलो माल्दिनीले आफ्नो जीवनमा विश्व कप जित्न नसकेको पछुतोसमेत व्यक्त गरेका छन् । उनी सम्मिलित इटलीको टिम सन् १९९४ को विश्वकप फाइनलमा ब्राजिलसंग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

त्यसको १२ वर्षपछि सन् २००६ मा इटलीले विश्वकप उपाधि जित्दा माल्दिनी टिममा थिएनन् ।

‘दुर्भाग्यवस राष्ट्रिय टिमसँग रहँदा मसँग उत्कृष्ट टिम र राम्रो अवसर थियो तर हामी पेनाल्टीसुटआउटमा पराजित भयौँ । र २००६ मा म त्यहाँ थिएन । त्यतिबेला इटलीले पेनाल्टीसुटउटमै जितेको थियो ।’ माल्दिनीले भने ।

‘जब लिप्पीले मला२ २००६ मा बोलाएका थिए मैले ट्रापाट्टोनीको सम्मानमा नो भने । उ सँग मैले पहिल्यै म राष्ट्रिय टिम छाड्छु भनेको थिएँ । माल्दिनीले भने । जब इटलीले बर्लिनमा प्रान्स विरुद्ध फाइनल जित्यो मैले सोचे म अभागी बनेँ ।’

तपाईको प्रतिक्रिया