काठमाडौं : वि.सं. २०७४ सालमा मण्डला थिएटरमा नियमित मञ्चन गरिएको नाटक ‘चिसो भन्ज्यांग’ युट्युबमा राखिएको छ ।

सन्दिप श्रेष्ठले निर्देशन गरेको नाटकमा पुजा लामा, अनुप न्यौपाने, सबिना गोपाली, प्रतिक दुलाल, भारत लिम्बु, पुस्कर कार्की, दिपिका खाकाल, सागर दाहाल, बिनिता लामा गुरुङ, समापिका गौतम, अनुज अधिकारी, सगुन पोखरेल लगायतको अभिनय रहेको छ ।

फोरक्युब इन्टरटेनमेन्टको निर्माणमा बनेको नाटक इयान म्याकइवानको सन् २००१ मा प्रकाशित उपन्यास ‘एटोनमेन्ट’ मा आधारित रहेको छ ।

तपाईको प्रतिक्रिया