काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा दुई अभिनेत्री सुष्मा कार्की र पूजा शर्माको विवादले समाजिक सञ्जाल आजकाल निकै चर्किएको छ । सामाजिक सञ्जालमा समेत उनीहरुलाई स्थान दिएर गालि गर्ने र सपोर्ट गर्ने क्रम जारी छ ।

सुष्माले अन्तर्वार्ताको क्रममा पूजालाई नकारात्मक बोलेको भन्दै सामाजिक सञ्जालमा पूजाका फ्यानहरु निकै भड्किएका थिए । सोहि कारण सुष्मालाई पनि लगातार पूजाले फेक फ्यान पेज बनाएर आफुलाई गाली गरेको बताउदै आएकी छन् । उनले एक अन्तर्वार्तामा आफुसँग प्रमाण रहेको र साइबर क्राइममा मुद्दा दर्ता गराएको समेत बताएकी थिइन् ।

निकै लामो समयबाट चर्किएको यो बिषयमा पूजाले खासै जवाफ फर्काएकी थिइनन् । तर, उनले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर दिएको एक अन्तर्वार्तामा यो विषयमा मुख खोलेकी छन् । पूजा भन्छिन्,’मेरो सुष्मा जीसँग प्रत्यक्ष चिनजान छैन । भेटघाट पनि यादाकदा एकदुई पटक भएको होला । सोहि कारण उहासंग बोलचाल समेत भएको छैन । सोहि कारण पनि यो बिषयमा मैले बोल्न उचित ठानिन ।’

तपाईको प्रतिक्रिया