भारत- चर्चित भारतीय अभिनेता ऋषि कपूरकोे अन्त्येष्टि गरिएको छ । मुम्बइको चन्दनवाडीस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

६७ वर्षका कपूरको विहीबार विहान पौने ९ बजे निधन भएको थियो । बुधवार स्वास्थ्यमा समस्या आएपछि मुम्बइको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

कपुर परिवारका तर्फबाट जारी गरिएको एक विज्ञप्तिमा भनिएको थियो, ‘हाम्रा प्यारा ऋषि कपूरको ल्यूकेमियासँग दुई वर्षको युद्धपछि आज विहान ८: ४५ बजे अस्पतालमा निधन भएको हो ।’

अन्तिम संस्कारमा २० जना सहभागी भएका थिए । जसमा परिवारका सदस्य बाहेक अन्य केही नातेदार सहभागी थिए ।

अन्तिम संस्कारमा नीतू कपूर, रणबीर कपुरका अलावा सेफ अली खान, करीना कपुर, आलिया भट्ट, अभिषेक बच्चन उपस्थित थिए ।
ऋषिकी छोरी रिद्धिमा कपुर साहनी लकडाउनका कारण अन्तिम संस्कारमा उपस्थित हुन पाइनन् ।

ऋषि दिग्गज अभिनेता राज कपूरका दोस्रा छोरा थिए । ऋषिका भाइ रणधीर र राजीव कपुर तथा बहिनीहरु ऋतु नन्दा र रिमा जैन हुन् ।
ऋषिले सयौं फिल्म खेलेका छन् ।

तपाईको प्रतिक्रिया