काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । यतिबेला नेपाली सेलिब्रेटीहरु फुर्सदमा छन् । धेरै कलाकारहरु यतिबेला सामाजिक सञ्जालमा सक्रिया छन् । त्यस्तै लकडाउनका कारण अहिले अभिनेत्री केकी अधिकारी पनि फुर्सदमा छन् । उनी आजकाल सामाजिक सञ्जाल इन्स्टाग्राममा लाइभ आएर ‘साबुनपानी अन्ताक्षरी’ कार्यक्रम सञ्चालन गर्छिन् ।

अन्ताक्षरी केकीलाई मन पर्ने खेल हो । उनले हरेक मंगलबार साँझ ६ बजेदेखि ७ बजेसम्म गेष्टलाई लाइभमा ल्याएर अन्ताक्षरी गराउदै आएकी छन् । केकीले अहिलेसम्म लाइभमा नायिका ऋचा शर्मा, रीमा विश्वकर्मा र आर्जन पाण्डेसँग अन्ताक्षरी गाइसकेकी छन् ।

उनको कार्यक्रममा जितहारको टुंगो चाहि घडीमा ठिक सात बज्दा जसमा पालो पुगेको हुन्छ उसैले हार्ने केकीको नियम रहेको छ । केकीलाई यतिबेला दर्शक तथा शुभचिन्तकबाट मिलेको प्रतिकृयाबाट हौसला मिलेको छ ।

तपाईको प्रतिक्रिया