मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला । जिम्मेवारी भने बढि रहनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरू बाटै धोका पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । पूरानो गतिले पनि काम बिग्रन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आश मारेको फल प्राप्त हुन सक्छ ।

तपाईको प्रतिक्रिया