काठमाडौ । २०७७ सालको दसैँमा छक्का पञ्जा ४ रिलिज गर्ने भनेर मिती तय गरेको फिल्म अव नबन्ने भएको छ । फिल्मका निर्माता तथा निर्देशक दीपकराज गिरी अहिले यो फिल्म तत्कालका लागि रोकिएको बताएका छन् ।

कोरोनाका कारण दर्शकको चाप नहुने देखे पछि निर्देशक तथा अभिनेता दीपकराज गिरीले अर्को फिल्ममा जोडिएका छन् । उनले भने, अहिले हामी नयाँ टिमसँग काम गर्ने विचारमा छौँ । उता पट्टिको कथा सुनिरहेका छौँ । उनले भने , सायद, अब नयाँ टिमसँग सहकार्य गरेर अर्को फिल्म बन्न सक्ने बताएका छन् ।

‘छक्का पन्जा ४ मा लगानी धेरै लाग्ने भएका कारण अहिले तत्कालका लागि अर्को फिल्म निर्माण गर्ने तिर लागेका छौ । नेपालको फिल्मी बजार कमजोर भएका कारण पनि फिल्म नबनाउने निर्णय रहेको बताए । उनको फिल्म अर्को बन्यो भने यहि बर्षको चैत अन्तिम साता रिलिज गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया