काठमाडौं – चर्चित गायिका विष्णु माझीकी आमाको निधन भएको छ । गायिका माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार ५८ वर्षको उमेरमा निधन भएको हो ।

उनको स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा निधन भएको जनाइएको छ । उनी लामो समयदेखि उच्चरक्तचापकी बिरामी थिइन् । गायिका विष्णु माझी नेपालकै चर्चित लोकदोहोरी गायिका हुन् ।

तपाईको प्रतिक्रिया