विश्वव्यापी रुपमा भइरहेको लकडाउन भारतमा पनि लागु छ। एक महिना लामो लकडाउन भारतको टेलिभिजन दूरदर्शनको लागि भने फाइदाजनक देखिएको छ।

लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित शो ‘रामायण’ फेरि प्रशारण गरेको छ। पौराणिक कथामा आधारित यो कार्यक्रम सन् १९८० को दशकमा प्रदर्शनमा आएको थियो, अहिले लकडाउनमा यो टेलिभिजन श्रृंखला पुन: प्रशारण गरिएको थियो, दर्शकको दृश्य मूल्यांकन गर्दा यसको ‘भिओरसिप’ अहिले बढेको पाइएको छ।

कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन शोलाई पछाडि पारेको छ। यो भारतको मात्र हैन पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेर्रिको शो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करलाई रामायणले जितेर नयाँ रेकर्ड बनाएको हो। १६ अप्रिल सम्म यो कार्यक्रम ७ करोड ७० लाख भन्दा धेरैले हेरेका छन्। र यो कार्यक्रमा विश्वमा नै धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको छ।

यो भन्दा अगाडि रेकर्ड बनाएको ‘गेम अफ थ्रोन्स’ लाई दिनमा १ करोड ९३ करोड पल्ट हेरिएको थियो।

‘रामायण’ मा स्टार अरुण गोभिल र दिपिका चिखाइला मुख्य भूमिका छन्। यस्तै गेम अफ थ्रोन्समा इमिलिया क्लार्के, लेना हेडे, माइसेई विलियम्स, सोफि टर्नर, किट ह्यारिङटोन लगायतका कलाकारहरु मुख्य भूमिकामा छन्।

रामायण रामानन्द सागरले लेखेका र निर्देशन गरेका हुन्। यो कार्यक्र पहिलोपल्ट सन् १९८७ को जनावरी २५ देखि जुलाई ३१, १९८८ सम्म प्रशारणमा आएको थियो। त्यसको केही वर्षपछि रामायण विश्वमा नै धेरै हेरिएको पौराणिक कथामा आधारित टेलिभिजन कार्यक्रम अन्तर्गत पर्छ।

तपाईको प्रतिक्रिया