काठमाडौँ– पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन पार्टीभित्रैबाट चर्को दबाब झेलिरहेका केपी शर्मा ओलीले लेखेको कविता शनिबार पनि सार्वजनिक भएको छ।

शुक्रबार ‘अब आँसु खसाल्नु पर्दैन’ भन्ने कविता लेखेर चर्चा बटुलेका ओलीले शनिबार ‘बन्छ नमुना नेपाल’ भन्ने कविता सार्वजनिक गरेका छन्।

पार्टीभित्र दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रयास गरिरहेका बेला ओलीले दैनिकजस्तो राष्ट्रियता झल्किने कविता लेखिरहेका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको शनिबारको कवितामा स्वदेशमै रोजगारी दिने कल्पना गरेका छन्।

स्वदेशमै रोजगारी

स्वदेशमै वास

रोजिदैन प्रवास

अब गर्ने देश विकास

ओलीले शनिबार सार्वजनिक गरेको कविता यस्तो छ

तपाईको प्रतिक्रिया