एजेन्सी : कोरोना भाइरसले विश्वमा त्रास फैलाइरहेको छ । यस भाइरसका कारण विश्वका थुप्रै देशहरुमा लकडाउन रहेको छ । छिमेकी राष्ट्र भारतमा पनि लकडाउन जारी छ ।

भारतको टेलिभिजन च्यानल दुरदर्शनमा रामानन्द सागरको धारावाहिक टेलिश्रृंखला रामायण पुन प्रसारण गरिएको छ । यस शोले विश्व रेकर्ड बनाउन सफल भएको छ ।

राष्ट्रिय च्यानलको आधिकारिक ट्वीटर ह्यान्डलबाट गरिएको ट्वीटका अनुसार रामायणको पुन प्रसारणले विश्वभरमा धेरै दर्शकले हेर्ने शोको रेकर्ड राख्न सफल भएको हो ।

भारतमा लकडाउनको कारण कुनैपनि टेलिभिजन सिरियल प्रशारण हुन सकेको छैन किनभने सबैको छायांकन रोकिएको छ ।

यो भारतको मात्र हैन, पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको सो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले उछिनेर नयाँ रेकर्ड बनाएको हो।

रामायणले १६ अप्रिलमा ७.७ करोड दर्शकले विश्भर हेर्दै सर्वाधिक हेरिएको शो बनेको हो । रामायणमा मुख्य भूमिकामा देखिएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरी पुन चर्चामा आएका छन् ।

तपाईको प्रतिक्रिया