काठमाडौं – नायिका नम्रता श्रेष्ठ लकडाउनका कारण घरमै थन्किएकी छिन् । गत वर्ष उनको शीर्ष भूमिका रहेको फिल्म ‘जाइरा’ प्रदर्शनमा आएको थियो । उक्त फिल्मले खासै कमाल गर्न भने सकेन । फिल्म रिलिजका बेला नम्रता मिडियामा छाइन् ।

फिल्म रिलिजका बेलामा बाहेक अरुबेला नम्रता सार्वजनिक रुपमा देखिन रुचाउँदिनन् । तर, सामाजिक सञ्जालमा भने उनले समय दिइरहेकी हुन्छिन् ।

लकडाउनका कारण निस्किएको समयमा नम्रताले गितारसँगका तस्वीर शेयर गरेकी छिन् । शनिवार उनले केही तस्वीर शेयर गर्दै लेखेकी छिन् – शटर्डे भाइब्स ।

नम्रताले ३ वटा तस्वीर शेयर गर्दै गितारसँग आफ्नो मुडको तुलना गरेकी छिन् । पहिलो तस्वीरमा नम्रताले गितार बजाउन लागेको अवस्था शेयर गरेकी छिन् ।

दोस्रो तस्वीरमा आफू लजाएको क्याप्सनमार्फत बताएकी छिन् । र, तेस्रो तस्वीरको वर्णन गर्दै उनले भनेकी छिन् – यसको ध्वनि राम्रो सुनिएन ।

यसबाट के भन्न सकिन्छ भने नम्रताले गितार त बजाउन जानिनन् तर बजाउने प्रयास गरिन् ।

लकडाउनको फुर्सदमा नम्रताको सामाजिक सञ्जालमा सक्रियता बढेको छ । केही समयअघि एक भिडियो सार्वजनिक गर्दै उनले सबैलाई कोरोनाबाट सचेत रहने आह्वान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया