काठमाडौं – चर्चित गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको सुमधुर स्वरमा सजिएको उक्त गीत ‘बर-पिपलु’ बोलको रहेको छ । प्रस्तुत गीतको म्युजिक भिडियोमालाई शनिवार युट्यवुमा सार्वजनिक गरिएको हो । गीतमा गायत्री थापाको  शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ ।

‘बर-पिपलु’ बोलको गीतको म्युजिक भिडियोमा सक्किगोनीका सागर लम्साल बले  र १३ बर्षिय यॉग्सु श्रेष्ठको अभिनयदेख्न सकिन्छ । क्रान्ति के.सी ले निर्देशन रहेको भिडियोलाईछायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन क्रान्ति के.सी ले नै गरेका छन् । यस  भिडियोलाई शिब दर्शन फिल्मस प्रा.लि को युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया