काठमाडौं– दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा पुगेका छन् ।

अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक पोखरेल टप आफ्नो फेसबुक पेजमा आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद भनेका छन् । उनले विश्वभरबाट आफूलाई भोट गरेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

अमेरिकन आइडलले एसएमएस, अमेरिकन आइडलको वेभसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ । तीनवटा माध्यमबाट एकजनाले १०/१० पटक गरेर ३० भोट गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया