काठमान्डाँै , बैशाख २२
लोकदोहोरी गायिका धनकुमारी थापा सरुले आज मानव सेवा आश्रमका ३०० भन्दा बढी बृद्धबुद्राहरुलाई भोजन गराएकी छन ।

असाय बालबालिका तथा बृद्धहरु लाई भोजन गराइएको हो । भक्तपुर क्यान्सर अस्पताल , सुर्यविनायक , ठिमी लगायतका ठाउँमा विचलित अवस्थामा रहेका असाहाय एवम पिडितलाई सहयोग गरिएको उनले बताइन ।

विगत २८ दिन देखी आर्थिक समस्यामा रहेका र खाना बाट बञ्चित भएका ब्याक्तिहरुलाई मानव सेवा आश्रमले भोजन उपलब्ध गराउदै आएको छ ।
लकडाउनको समस्यामा परेका ब्याक्तिहरुलाई सहयोग गर्न पाउदा आफुलाई खुशी लागेको गायिका सरु ले बताइन । उनले संक्षिप्त कुराकानी गदैँ बाँचुन्जेल जिवनमा राम्रो काम गदैँ , समाज परिवर्तनको लागी आफु निरन्तर लागी पर्ने समेत बताइन । आफुलाई मानविय सेवा गर्नको लागी सहजिकरण गरेको मानव सेवा आश्रम परिवारलाई उनले हृदय देखी नै आभार ब्यक्त गरिन । आगामी दिनमा पनी आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।

तपाईको प्रतिक्रिया