काठमाडों – निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्ममा अभिनेता रणवीर सिंह र आलिया भट्टले अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा रणवीर र आलिया फाइनल भएका हुन् । कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अहिले बलिउडका सबै कार्यक्रमहरु बन्दा भएका छन् ।
यसैबीच भन्सालीले आफ्नो नयाँ फिल्मको लागि रणवीर र आलियालाई रोजेका हुन् । उनले आफ्नो यस फिल्मको लागि रणवीर र आलिया फिट हुने बताएका छन् । यस्तै भन्सालीको अर्को फिल्म ‘गंगुबाई काठियावाडी’को छायांकन पनि लकडाउनले गर्दा रोकिएको थियो । लकडाउनका कारण फिल्मको छायांकन रोकिएपछि उनले नयाँ फिल्म खोजेका हुन् । अब फिल्म ‘गंगुबाई काठियावाडी’ पछि फिल्म ‘बैजु बावरा’ को छायांकन गरिने जनाइएको छ ।