नेपाल परिवार नियोजन संघ मोरङले स्वास्थ्य सामाग्री जनस्वास्थ्य शाखा मोरङलाई हस्तान्त्रण गरेको छ । नेपाल परिवार नियोजन संघ केन्द्रीय कार्यलयले जिल्ला शाखालाई दिएको पिपिई लगायतका सामाग्री जनस्वास्थ्य शाखा मोरङका प्रमुख ज्ञान बहादुर बस्नेतलाई हस्तान्त्रण गरिएको मोरंङ अध्यक्ष सन्तनु रेग्मीले जानकारी दिनुभयो ।सोमबार एक कार्यक्रमका विच हस्तान्त्रण गरिएको हो । कोरोना विरुद्ध फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्य कर्मीलाई लक्षीतगरेर सो सामाग्री प्रदान गरिएको अध्यक्ष रेग्मीको भनाई छ । स्वाथ्य सामाग्री कोरोना प्रभावित स्थानमा काम गर्दा स्वास्थ्य कर्मीहरुले लगाउछन ।

तपाईको प्रतिक्रिया