विराटनगर महानगरकी उपप्रमुख ईन्दिरा कार्की यतिखेर गरिव तथा विपन्नहरुलाई भात खुवाउन लागी पर्नुभएको छ ।
नेपाल तरुणदल मोरङको अगुवाईमा भईरहेको भात खुवाउने कार्यक्रममा खटिएर कोशि अस्पताल विराटनगरमा उपचार गर्न आएका विमारी र भात खान नपाएका तिनका कुरुवालाई खाना खुवाउन कम्मर कसेर लागी पर्नुभएको हो ।
तरुणदल मोरङका अध्यक्ष संञ्जय थापाका अनुसार हिजो बेलुका पाँच बजे देखि ६ बजे सम्म गरिवहरुको पेट भराउने कार्यमा सरिक हुनुभयो । विपन्न भनेपछी धेरै दयाँलाग्ने स्वभाव भएकी उपप्रमुख कार्की भोको पेटका मानिस देख्ने बित्तीकै मनकुडीने बताउनुहुन्छ ।
अरुबेला महनगरको कामले व्यस्त उहाँकोरोनाको महामारी सुरुभएपछी गरिव तथा विपन्नहरुको स्थीति अवलोकन गर्ने खान नपाउनेहरुलाई राहात प्रदान गर्ने जस्ता काममा सक्रिय हुनुहुन्छ । विराटनगरमा निर्वाचीत जनप्रतिनिधि मध्ये सबै भन्दा बढी निस्वर्थरुपमा जनताको सेवामा सर्मर्पीत जनप्रतिनिधिको रुपमा परिचित छिन । कार्कीले जनताको स्वार्थलाई नै आफ्नो स्वार्थ संझीनु हुन्छ । उहाँलाई तरुणदल मोरङका कोषध्यक्ष अनिल लक्षमी रिजाल, युवा नेता कृष्ण कार्की , सांसद विन्दीया कार्की , अध्यक्ष संञ्जय थापा, विराटनगर अध्यक्ष सन्तोस न्यौपाने लगायतले सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया