काठमाडौं : थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियानअन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर‘’ शुरु गरेको छ ।

‘बालबालिकाहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम शुरु गरिएको हो ।

बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन सकिनेछ । अहिलेको लागि प्रि प्राइमरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले कथा सुनाउन सक्नेछन् ।

साथै कार्यक्रमको उदघोषण गर्न चाहने बालबालिकाले पनि सम्पर्क गर्न सक्ने कार्यक्रमका सह निर्माता प्रशुन सिन्धुलियाले बताएका छन् ।

तपाईको प्रतिक्रिया