काठमाडौं : चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत ‘माया जदौ’लाई युट्युबमा एक करोडभन्दा धेरैपटक हेरिएको छ । लोकशैलीको यो गीतलाई साढे दुई महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको थियो । गीतमा दीपक शर्माको संगीत, आनन्द अधिकारीको शब्द तथा रामकृष्ण ढकाल र मेलिना राइको स्वर रहेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा लगायतलाई देख्न सकिन्छ । गीतमा दीपाश्री निरौला, केदार घिमिरे, जीतु नेपाल, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, मिथिला शर्मा लगायतका अतिथि कलाकारहरुले पनि अभिनय गरेका छन् । साकार पन्तको निर्देशनमा तयार भएको यस चलचित्र वैशाखको १२ गतेबाट रिलिज हुनुपर्ने हो । तर, कोरोना भाइरसका कारण जारी लकडाउनका कारण चलचित्र रिलिज हुन पाएन ।

तपाईको प्रतिक्रिया