काठमाडौं : आज चर्चित हाँस्यकलाकार पल्पसा डंगोलको जन्मदिन परेको छ । राजधानीको कीर्तिपुरमा जन्मिएकी पल्पसाले आफ्नो ४४ औँ जन्मदिन मनाउँदै छन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवारसँग घरमै मनाएकी छन् ।

कलाकारिता क्षेत्रमा सक्रिय पल्पसा चम्सुरी उपनामले परिचित छन् । पल्पसाले सन् १९९५ मा मिस नेपालमा भाग लिएर नेपाली रंगमञ्चको दुनियाँमा प्रवेश गरेकी हुन् । नेपाल टेलिभिजनबाट प्रसारण भएका दर्जनौं टेलिश्रृंखला तथा थुपै म्युजिक भिडियो र चलचित्रहरुमा समेत काम गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया