लकडाउनबाट प्रभावित बनेकाहरुलाई राजधानीको बालाजुस्थित माछापोखरीमा बैशाख १६ गते देखी २५ गते सम्म १० दीन नेपाली काँग्रेसको भातृ सस्था नेपाल तरुण दल रसुवाले निशुःक खाना खुवाएको छ । तरुण दल रसुवाका अध्यक्ष डील बहादुर मोक्तानको नेतृत्वमा चैत्र १६ गतेदेखि खाना खुवाउन थालिएको हो ।
दैनिक २ ८० मजदुर, असाहय र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेको र हालसम्म २५०० जना लाई खुवाइसकेको नेपाली कांग्रेस रसुवाका नेता कुमार देवकोटाले जानकारी दिनुभएको छ ।
दैनिकी खाना बनाउन तरुण दलका स्वयंसेवकहरु बिहानै बालाजु माछापोखरी पुग्ने गर्दछन् । ग्बालाजु माछापोखरी स्थित बर्गर हाउसका संचालक एवं तरुदल नेता खेसम तामाङ उक्त काममा निरन्तर लागिरहेका छन ।
हरेक दिन बिहानको खानामा दाल भात तरकारी अचार र कुनै दिन खिर तरकारी पनि खुवाइएको र पहिलो चरणको कार्यक्रम स्थगीत भएको र अबका दीनमा नया चरणको कार्यक्रम सुरु गरिने उहाले जनाकारी दिनुभएको छ । निशुल्क खाना खुवाउने अभियानमा रसुवा कांग्रेस नेता कुमार देवकोटा नेबि संघ अध्यक्ष शशी अधिकारी, तरुण दल नेताहरु खेशम तामाङ, अनिल लामा, रितु ग्यामदाङ लगायतको सक्रियता रहेको थियो ।