काठमाडौं : सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । डेढ महिनादेखि सर्वसाधारण तथा सेलिब्रेटीहरु बहिरा निस्किएर हिँड्न सकेका छैनन् । त्यस्तै अभिनेत्री वर्षा शिवकोटी पनि यतिबेला लकडाउनमा छन् । सामाजिक सञ्जालमा निकै सक्रिय वर्षा लाइभमार्फत आफ्ना शुभचिन्तकहरुसँग जोडिरहेकी छन् ।
उनले केही दिन अघि आफ्ना शुभचिन्तकहरुसँग अन्तरक्रिया गरेकी थिइन । उनले आफ्ना शुभचिन्तकले सोधेको प्रश्नको उत्तर दिएकी छन् । जहाँ उनले प्रेम र विवाहका कुरा समेत गरेकी छन् । वर्षालाई फ्यानले ‘तपाई सामान्य खालको विवाह चाहनुहुन्छ कि भव्य विवाह ?’ भन्ने प्रश्न गरेका छन् । जहाँ वर्षाले आफूलाई भव्य विवाहको रहर भएको उत्तर दिएकी छिन् । उनले कानुनी रुपमा मात्र विवाह नगर्ने उल्लेख गरेकी छन् ।