काठमाडौं : आज (शनिबार) नायिका सुहाना थापाको जन्मदिन परेको छ । आजदेखि सुहाना २३ औ वर्षमा प्रवेश गरेकी छन् । सुहानालाई विहानै देखि सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना दिने चलचित्रकर्मी तथा शुभचिन्तकहरु घुइचो छ ।

उनी अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । लकडाउनका कारण आजको जन्मदिन उनले आफ्नो परिवारसँग घरमै मनाउँदै छन् । सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’बाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी हुन् । एउटै चलचित्रबाट चर्चामा रहेकी सुहानाको दोश्रो चलचित्र ‘ए मेरो हजुर ४’ हाल छायाँकनको क्रममा छ ।

तपाईको प्रतिक्रिया