काठमाडौ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा निकै चिन्तित देखिएका छन् । उनीहरु अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज नहुदै कोरोनाको त्रासका कारण हल बन्द भयो । सरकारले देशभर लकडाउन लगाएपछि हल खुल्ने त के लकडाउन खुल्ने कति समय लाग्ने हो एकिन छैन । फिल्मको आषको किरण थियो पलका लागि फिल्म ‘म यस्तो गीत गाउँछु २’ । जसको प्रदर्शन मिति उम्केर कहाँ पुग्ने हो ठेगान छैन । जसका कारण उनलाई चिन्ता बढ्ने त हुने नै भइहाल्यो । उता अभिनेत्री पुजालाई पनि उस्तै खटपट बढेको देखिन्छ ।

अभिनेता पलले एक अनलाईनसँगको कुराकानीमा भनेका छन् भदौ अगाडी फिल्म चल्ने चान्स नै छैन । मनोरन्जनका लागि भदौ पछिको समय उत्तम हुने बताएका छन् । उनले भविष्य बाणी नै गरिसकेका छन् तर के होला थाहा छैन । कोरोनाका विरामी दिनप्रतिदिन बढिरहेका छन् ।
उनले भनेका छन् , फिल्म जहिले चले पनि दर्शकले माया गर्नुहुनेछ भन्नेमा विश्वस्त रहेको बताएका छन् । यस फिल्ममा पूजा शर्माको नाम छायाँ राखिएको छ जसका कारण उनले पनि ‘पल र छाया’लाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरेकी छन् ।
उनीहरुको फिल्म कहिले चल्छ थाहा छैन तर उनीहरु फिल्म चल्ने बारेमा निकै उत्साहित देखिएका छन् । जे होस् फिल्म चलोस् भन्नेमा हामी कामना गरौँ ।

तपाईको प्रतिक्रिया