काठमाडौँ – अमेरिका निवासी बहुप्रतिभाको धनि चलचित्र निर्माता, गीतकार, मोडल, कलाकार तथा साहित्यकार पुष्कर पन्त यति बेला कोरोना भाइरस(कोभिड-१९) को कहरमा सिर्जनात्मक कार्यमा ब्यस्त छन् । गीति लेखन, साहित्यलेखन, हास्यश्रिङ्खला देखि कोभिड-१९ को जनचेतना फैलाउन ब्यस्त छन् । विदेशमा रहेर पनि मातृभूमि प्रति अगाध माया प्रेम दर्शाउने पन्त स्वदेश प्रतिको आफ्नो कर्तब्य पुरा गर्न तल्लिन छन् ।

विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले गर्दा संसारका मानबजाति अहिले भयभित हुँदै त्रसित भईरहेको अबस्थामा संयमित हुँदै, स्वास्थ्य साबधानी अपनाएर सामाजिक दुरी कायम गर्नुको विकल्प नरहेको पन्त जानकारी गराउँछन । विश्वको आर्थिक स्थिति समेत दयनिय बन्दै गएकोमा एक अर्कामा हातेमालो गर्दै साहरा बन्नु पर्नेमा समेत उनले आग्रह गरेका छन् ।

बिगत डेढ दशक देखि अमेरिकामा बसेर नेपाली कलाकारितालाइ माया गर्दै आएका उनि पछिल्लो समय लोकप्रिय गीतकारको रुपमा समेत चर्चित बनेका छन् । भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन् । तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए । सर्जक पुष्कर पन्तले कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” समेत लिएर आईसकेका छन् । कलाकारिता, गीति लेखन, कबिता तथा साहित्य लेखन, मोडल, निर्माता निर्देशकमा राम्रो दख्खल भएका बहुप्रतीभाका धनि पन्त अमेरिकामा चर्चित नेपालीहरु मध्ये पर्दछन । उनि सामाजिक कार्यमा समेत सक्रिय रहदै आएका छन् ।

तपाईको प्रतिक्रिया